सेयर बजारमा सामान्य सुधार,३ अर्ब ९३ करोडको कारोबार
काठमाडौं : बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको थियो। सो दिन ३ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको थियो। यसदिन सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।
आज ३५४ वटा स्क्रिप्सको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा एकामध्ये १४० वटा स्टक्सको मूल्य बढ्दा १२७ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्नो रिभर्स,लक्ष्मी भ्यालु फण्ड-२ र मेघा म्युचुअल फण्ड-१को सेयर ६ प्रतिशतले बढ्यो। आरबीबी म्युचुअल फण्ड- २ को सेयर ८.०७ प्रतिशतले घट्यो।






प्रतिक्रिया दिनुहोस्