लैङ्गिक समानता कहिले हुन्छ?
हाल विश्वका हरेक सात देशमध्ये छ वटामा पुरुष सरकार प्रमुख छन्। परिवर्तनको वर्तमान गतिलाई हेर्दा, राष्ट्रिय संसद्हरूमा लैङ्गिक समानता कायम हुन अझै ६३ वर्ष लाग्ने देखिन्छ; जसको अर्थ हामीमध्ये धेरैजसोले त्यो अवस्था देख्न पाउने छैनौं। यदि काम गर्ने शैलीमा कुनै परिवर्तन नआउने हो भने, महिला तथा बालिकाले आफ्नो जीवनका सबै क्षेत्रमा समान अधिकार र अवसर प्राप्त गर्न अझै १७१ वर्ष लाग्नेछ।”
यो तथ्य संयुक्त राष्ट्रसंघअन्तर्गतको महिलासम्बन्धी संस्था युएन वुमनले आफ्नो वेबसाइटमा यही २०२६ सेप्टेम्बर १७ मा ‘द वुमेन्स लिडरसिप ग्याप द्याट वि शुड बी टकिङ एबाउट’ शीर्षकमा प्रकाशित गरेको हो।
त्यहाँ भनिएको छ, “महिलाहरू कुल जनसंख्याको आधा हिस्सा ओगट्छन्, तर निर्णय लिने अधिकारमा उनीहरूको पहुँच निकै कम छ। यसको कारण नेतृत्व क्षमताको अभाव होइन, बरु लैङ्गिक रूढिवादी सोच तथा सकारात्मक विभेद, समान अवसर र लगानीको अपर्याप्तता हो।”
यो पढेपछि पत्रकारिता क्षेत्रमा महिलासँग सम्बन्धित विषयलाई दिइने स्थानबारे केही कुरा उठाउन मन लाग्यो।






प्रतिक्रिया दिनुहोस्