दसैंमा काठमाडाैंका उपभाेक्ताले जुनसुकै कम्पनीका खाली सिलिन्डर दिए पनि ग्यास पाउने

२२ असोज, काठमाडौं । चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् ।

यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् ।

frontline

यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दु:ख पाउनु नपरोस् भनेर नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here