चार पदाधिकारीले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएका चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। मङ्गलबार उम्मेदवारी दिएका उनीहरूले बुधबार निर्वाचन समितिले फिर्ता लिनका लागि दिएको समयमा उम्मेदवारी फिर्ता लिएका हुन् । 

फिर्ता लिनेमा एक सभापति दुई खुल्ला उपसभापति र एक दलित कलस्टरको सहमहामन्त्रीका उम्मेदवार छन् । सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

frontline

त्यस्तै, खुलातर्फका उपसभापतिका उम्मेदवारद्वय डा‍.मिनेन्द्र रिजाल र देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, सह महामन्त्रीमा दलित कलस्टरतर्फ उम्मेदवारी दिएकी लक्ष्मी परियारले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here