प्राकृतिक नाकाबन्दीमा लिमी : सडकमा साढे तीन फिट हिउँ, बिरामी पर्दा हेलिकप्टरको भर

१ असोज, सुर्खेत । हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका लिमी र हिल्सा क्षेत्रलाई सडक सञ्जालबाट अलग पारेको छ । न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेपछि असोजको पहिलो सातादेखि लिमीको आवागमन ठप्प छ । सडक बन्द हुँदा अत्यावश्यक कामका लागि समेत स्थानीयले हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ।

नाम्खा–५ को न्यालु र वडा नं. ६ को नारा लेक हुँदै लिमी प्रवेश गर्ने सडकमा बाक्लो हिउँ जमेको हो। दशैं–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई घर फर्किनसमेत समस्या भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here