कर्णालीले खेल्छ, खेलाउन सक्षम छ : मंसिरमा हुँदैछ, कर्णाली चिनाउने खेलकुदको महाकुम्भ

रेन्द्रनगर : वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो।

कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालसहितका सरोकरावालाहरूले आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म तोकिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएको हो। स्थानीय तह, राष्ट्रिय खेलकुद परिषद् र विभिन्न खेल संघका प्रतिनिधि एउटै ठाउँमा उभिएर प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। कर्णालीमा बसेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकले लामो समयदेखि रहेको अन्योल चिर्दै अब तयारीलाई तीव्र गतिमा अघि बढाउन थालेको हो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here