अर्थतन्त्र शिथिल, लगानी ठप्प
काठमाडौं : बैंक तथा वित्तीय संस्थासँग १३ खर्ब ६३ अर्ब रुपैयाँ अतिरिक्त तरलता छ। नेपाल राष्ट्र बैंकका अनुसार १० खर्बभन्दा बढी त लगानीयोग्य रकम नै छ।’ पैसा थुप्रिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएर ४ देखि ५ प्रतिशतसम्म पुर्याएका छन्। तैपनि उनीहरूले ऋण प्रवाह गर्न सकेका छैनन्।
त्यसैकारण राष्ट्र बैंकले हप्तैजसो बैंक तथा वित्तीय संस्थाबाट पैसा खिचेको खिच्यै छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज १५ सम्म केन्द्रीय बैंकमा कुल ४ खर्बभन्दा बढी रुपैयाँ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। राष्ट्र बैंकले त्यस्ता निक्षेप उपकरणमा हाल वार्षिक २.७५ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ। यसले के देखाउँछ भने बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको पैसा जम्मा गरिदिने र केन्द्रीय बैंकलाई उपलब्ध गराउने जस्तोमात्रै अवस्था देखा परेको छ।
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भए पनि निजी क्षेत्रमा कर्जाको माग बढ्न नसक्दा मुलुकको अर्थतन्त्र पनि चलायमान बन्न नसकेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन्। जब कि, बैंकमा पैसा थुप्रिएको छ, कर्जाको ब्याजदर घटेर तुलनात्मक रूपमा सस्तो भएको छ, तर पनि उद्योगी–व्यवसायी नयाँ लगानी गर्न अझै उत्साहित छैनन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल मुलुकमा लगानीको वातावरण बनिनसकेको बताउँछन्। सरकारले आवश्यक कानुन संशोधन गरिरहेको र अबको केही महिनामा लगानीको वातावरण बन्नेमा निजी क्षेत्र विश्वस्त रहेको अग्रवालको भनाइ छ।
ताजा समाचार






प्रतिक्रिया दिनुहोस्