रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
लामिछानेले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा सबै दलका शीर्ष नेतृत्व सहभागी हुने रास्वपाले जनाएको छ ।
भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले गरेको विनासपछि सभापति लामिछानले यसअघि पनि दुईपटक सर्वदलीय बैठक बोलाइसकेका छन् । आज तेस्रोपटक सर्वदलीय बैठक बस्न लागेको हो ।






प्रतिक्रिया दिनुहोस्