देवीघाटमा नेपाली सेनाद्वारा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न, भोलिदेखि आवतजावत खुला

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडानको कार्य सम्पन्न गरेको छ ।

सेनाको टोलीले निरन्तर खटिएर ५ दिन अगाडि सुरु गरेको सो पुल जडानको कार्य केहीबेर अघि मात्रै पूरा भएको प्रधानमन्त्री कार्यालयले जनाएको हो ।

frontline

प्रधानमन्त्री कार्यालयले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै सेनाको प्रयासबाट उक्त क्षेत्रमा यातायात सञ्चालन सहज बन्न पुगेको जनाएको छ । नयाँ पुल जडान भएसँगै भोलि (बिहीबार) देखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने शुक्रबारदेखि साना–ठुला सवारी साधनहरू समेत सञ्चालनमा आउने छन् ।

rasuwa night bridge night

यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई ठुलो राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here