१८ वटै स्थानीय तहमा पनि हर्षोल्लासका साथ मनाए संविधान दिवस


मेवालाल यादव

रौतहट, ३ असोज । संविधान दिवस २०८० को उपलक्ष्यमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर भव्यताका साथ मनाइएका छन् ।
राजपुर, इशनाथ, गरुडा, कटहरिया, चन्द्रपुर, बौधीमाई, वृन्दावन, गढीमाई, फतुवा विजयपुर, देवाही गोनाही, परोहा, राजदेवी, गौर, माधवनारायण नगरपालिका र दुर्गा भगवती तथा यमुनामाई गाउँपालिकाले भव्यताका साथ संविधान दिवस २०८० मनाउदै आज राति दिपावली गरी भव्यता प्रदान गरिने जनाइएका हुन् ।
।परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल र प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुज आलम सहितका नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु सहिदको तस्वीरमा फुलमाला लगाएर संविधान दिवस मनाउदै नगरवासीलाई संविधान दिवसको शुभकामना तथा बधाई दिए ।

frontline

त्यसैगरी इशनाथ नगरपालिकाको नगरप्रमुख कोशिला देवी र प्रमुख प्रशासकीय अधिकृत भुदेव झा सहितका नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु सहिदको तस्वीरमा फुलमाला लगाएर संविधान दिवस मनाउदै नगरवासीलाई संविधान दिवसको शुभकामना तथा बधाई दिए ।
यस्तै राजपुर नगरपालिकाको मेयर डा. राजिक आलम, उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर सहितका पदाधिकारीहरुले सहिदको तस्वीरमा फुल माला चढाई राजपुरमा रहेका अस्पतालका विरामीलाई फलफुल वितरण गरी शुभकामना आदानप्रदान गरे ।
कटहरिया नगरपालिकाको नगरप्रमुख अजयप्रकाशले संविधान दिवसको अवसरमा झण्डोतोलन गर्नुका साथै लोकतन्त्रका लागि आहुती दिने ज्ञात अज्ञात सहिदलाई सम्झिदै सहिदको तस्वीरमा फुलमाला चढाए ।
आज जिल्ला भरीका पालिकाहरुमा विभिन्न दल एवं स्थानीय तहले संविधान दिवस भव्यताका साथ मनाउदै छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here