उपत्यकाका विद्यालय बन्द गर्न तिनै जिल्लाका सिडिओको सुझाव

फ्रन्टलाइन देशकाल । काठमाडौँ उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै विद्यालय बन्द गर्न सुझाव दिनुभएको छ ।

पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो दरमा देखिएको हुँदा केही दिन विद्यालय बन्द गर्नेुपर्ने उहाँहरुले सुझाव दिनुभएको हो ।

frontline

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को आइतबार बसेको बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुहरुले बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन केही दिन बिद्यालय बन्द नै गर्नुपर्नु सुझाव दिनुभएको हो ।

बैठकमा बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको, स्वास्थ्य जनसंख्या मन्त्रालयले पनि उपत्यकालाई अति प्रभावित जिल्लाको सूचीमा राखेका हुँदा केही दिन विद्यालय लगायत धेरै भिडभाड हुने स्थानहरु बन्द गर्ने विषयमा छलफल भएको काठमाडौँ जिल्ला प्रशासन कार्यालय श्रोतले जानकारी गराएको छ । त्यसपछि पनि संक्रमण कम नभए जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव दिइएको छ ।
शनिबार बसेको सीसीएमसी बैठकले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने विषयको कार्यान्वयन भने मन्त्रिपरिषद्ले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

बागमती साउथवेस्ट

poster-here