चितवन गार्डेन रिसोर्ट संचालनमा, ‘चितवनको पर्यटन बिकासमा नयाँ आयाम’

चितवनमा सुविधासम्पन्न नयाँ रिसोर्ट सञ्चालनमा आएको छ । शुक्रबार चितवन गार्डेन रिसोर्टको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रिसोर्टका कारण भरतपुरको पर्यटन विकासमा नयाँ आयाम थपिएको बताइन् । भरतपुरको केन्द्रमा संचालनमा आएको यस सुविधा सम्पन्न सिसोर्ट गुणस्तरीय सेवा प्रदान गर्न अब्बल साबित हुने  प्रमुख दाहालको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका बागमती प्रदेश सदस्य बद्री तिमिल्सेनाले  सुविधा सम्पन्न रिसोर्ट संचालनसँगै समग्र  चितवनको विकासमा एउटा इट्टा थपिएको बताए । 

frontline

यसैगरी उद्योग बाणिज्य सघं चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन गार्डेन रिसोर्ट चितवनको पर्यटन विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

 चितवन गार्डेन रिसोर्टका संचालक केशव देवकोटाले पर्यटन क्षेत्रको केन्द्र बन्दै गएको चितवनमा थपिएको चितवन गार्डेन रिसोर्ट एउटा आयाम भएको बताए । 

 ३० करोड लागतमा आधुनिक शैलीमा निर्माण गरिएको रिसोर्टमा डिलक्स र प्रिमियम गरी २८ वडा सुविधा सम्पन्न  कोठा, १ हजार सिट क्षमताको रोयल बैंकेट हल,  ५०० सय, २ सय र ५० सिट क्षमताको बैकेट तथा मिटिड्गहल ,सुइमिड्ग पुल र रेस्टुरेन्ट रहेको होटलका प्रबन्ध निर्देशक तेज प्रसाद घिमिरेले  जानकारी दिए । कार्यक्रम होटलका अध्यक्ष असोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here