९ लाखको लागि आर्मीले साथीको गोलि हानि हत्या

श्रोत : ईन्टरनेट

चितवन । चितवनमा ९ लाखको लागि एउटै गणको आर्मीले साथीको गोलि हानि हत्या गरेका छन् । नेपाली सेनाका जवान भरत गुरूङलाई सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत गंगाधर ढकालले गोलि हानि हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

चितवनमा जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारीले भएको बताए ।

frontline

भरतपुर–२१ का गंगाधरले गुरुङको खाताबाट आफैं हस्ताक्षर गरी ९ लाख रुपैयाँ निकालेर आफ्नो घरमा लगेर ६ लाख रूपैयाँ श्रीमतीलाई, २ लाख रूपैयाँ बुबालाई र बाँकी एक लाख आँफैंसँग राखेको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिए।

त्यसपछि गंगाधरकै मोटरसाइकलमा चितवन आएका उनीहरू राति एक होटलमा बास बसेर ६ गते बिहान भरतपुर–१९ शारदानगरस्थित भरतको माइला बुवाको छोरा रविन गुरूङको घरमा पुगेर झोला राखे। त्यसपछि गंगाधरसँगै मोटरसाइकल चढेर बजारतिर गए ।

त्यसपछि राती होटलमा बसेर रक्सी सेवन गरेपछि बिहान घटनास्थल नजिकै पिसाब गर्ने बहानामा मोटरसाइकल रोकेका गंगाधरले भरतलाई टाउकोमा ‘एसएमजी’ले हानेर मृत्यु भएपछि तानेर खोलामा फालेर हिँडेको खुल्न आएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान मृतकको शब भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो।

प्रहरीले गंगाधरलाई पक्राउ गर्नुका साथै एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here