त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

 १९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा युएई मूलका क्यानेडियन नागरिक मोहमद कमल मोहगोब रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

frontline

बुधबार राति दुबईबाट काठमाडौं ओर्लिएका उनलाई भन्सार क्षेत्रमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरि अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here