९० दिन लामो अन्तरिक्ष मिसनपछि चिनियाँ टोली सकुशल पृथ्वीमा फर्किए

बेइजिङ । चीनको सबैभन्दा लामो अन्तरिक्ष (स्पेस) मिसनपछि चिनियाँ अन्तरिक्ष टोली सकुशल पृथ्वीमा फर्किएको छ । करिब ९० दिन लामो अन्तरिक्ष मिसन पूरा गरी सो टोली शुक्रबार पृथ्वीमा आइपुगेको हो । 
 
नेई हेइसेङ, लिउ बुमिङ र ताङ होन्वोको टोलीले शुक्रबार पृथ्वीमा पाइला टेकेका हुन्। गत बिहीबार अन्तरिक्षयानबाट छुटेका सो टोलीले १ बजेर ३५ मिनेट (स्थानीयसमयअनुसार) भित्रि मङ्गोलियाको गोपि मरुभूमिमा अवतरण भएका थिए । 

पृथ्वीदेखि ३८० किलोमिटरमाथि रहेको चीनको स्पेस स्टेसनमा सो टोलीले ९० दिन बिताएको थियो ।

frontline

जुन १७ मा सो टोली अन्तरिक्षतर्फ गएको थियो । विभिन्न खोजका लागि अन्तरिक्षमा पुगेको सो टोली आफ्नो मिसन पूरा गरी फर्किएको हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here