७.४५ अंकले बढ्यो नेप्से, ३६ लाख बढीको सेयर कारोबार
२८ चैत, काठमाडौं । कारोबारको दोस्रो दिन प्री ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले उकालो लागेको छ।
सो समयमा नेप्से ७.४५ अंकले बढेर २४७१.८१ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इण्डेक्स पनि १.०८ प्रतिशतले बढेर ४६४.८३ विन्दुमा अडिएको छ।
सो समयमा ३९ कम्पनीको ८ हजार ८८ कित्ता सेयर ३६ लाख १० हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको छ।
कारोबारमा आएका ११ समूहमध्ये १० को सूचक बढेको छ।
लगानी समूहको सर्वाधिक १.०१ प्रतिशतले सूचक बढ्दा मनु एण्ड प्रोको ०.६५ , जलविद्युतको ०.६४, होटल तथा पर्यटनको ०.५३, वित्तको ०.४९, विकास बैंकको ०.४७,बैंकिङको ०.२४, जीवन विमा र निर्जीवन विमाको ०.०७ प्रतिशतले सूचक बढेको हो।
कारोबारको आधारमा नेपाल इन्फ्रास्टक्टर बैंक अग्र स्थानमा रहयो। सो कम्पनीको ४८ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। सोही समयमा ९० वटा कम्पनीको मूल्य बढ्दा ३ वटाको मूल्य घट्यो।
प्रतिक्रिया दिनुहोस्