७ तस्वीरमा हेर्नुहोस् सुनिता विलियम्स र बुच विलमोरको घरफिर्ती

६ फागुन, काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि अन्ततः पृथ्वीमा फर्किएका छन्।

नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको हो ।

frontline

बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो। पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो।

यानले पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा पुन: प्रवेश गर्‍यो, जसपछि चार वटा प्यारासुट खुले र तिनीहरूलाई फ्लोरिडाको तटमा सुरक्षित रूपमा अवतरण गराइयो ।

नासाको वाणिज्य क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले क्रू सदस्यहरूलाई स्वागत र प्रशंसा गरे ।

सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्किनु पर्ने थियो, तर यानमा खराबी आएपछि उनीहरूको यात्रा ९ महिनासम्म रोकिएको थियो ।

चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गर्दैको दृश्य ।
पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा क्याप्सुलको गति १७,००० माइल प्रतिघण्टा थियो, जसलाई केही मिनेटभित्रै नियन्त्रण गरेर सुस्त पारियो ।
जब उनीहरू अन्तरिक्ष यानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो।

सुनीता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्किनु पर्ने थियो, तर यानमा खराबी आएपछि उनीहरूको यात्रा स्थगित हुन पुग्यो।

अन्तरिक्षयात्री बुच विलमोर सुनिता विलियम्स

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here