७३ अंकले बढ्यो नेप्से, ७ अर्ब माथि कारोबार
२५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ ।
आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले बढेको छ ।
कारोबार रकम पनि ७ अर्ब नाघेको छ । दिनभर भएका ८२ हजार ११३ कारोबारबाट २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्