६.६ अंकले बढ्यो नेप्से

१९ भदौ, काठमाडौं ।  साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ६.६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९७७ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भयो ।

१३३ कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १५ को स्थिर रह्यो । बैंकिङ १, विकास बैंक ५५, फाइनान्स १०, जलविद्युत् २१, जीवन बीमा ४६, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा १४७ र व्यापार उपसमूह ४ अंक बढे । अन्य १३ र होटल तथा पर्यटन उपसमूह १६ अंक घटे ।

frontline

रुरु जलविद्युतको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन एभरेस्ट इन्स्योरेन्सको ९, जोशी हाइड्रोको ८ तथा युनाइटेड इन्स्योरेन्सको मूल्य ६ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा रिडी पावर, नेपाल टेलिकम, नबिल बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।

यसैबीच आगामी असोजदेखि शुक्रबार सेयर कारोबार नहुने भएको छ । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here