५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
१ साउन, सिमकोट । जिल्लाभरिका पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
जिल्लाका बालबालिकाका लागि फाइजर बायोएनटेक खोप आउने भएपछि पहिलो पटक जिल्लामा उक्त खोप लगाइने भएको हो।
स्वास्थ्य सेवा कार्यालयले जिल्लाका सञ्चारकर्मीसँग गरेको अभिमुुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो।
कोरोना भाइरसविरुद्धको खोप १२ वर्षमाथिका नागरिक सबैलाई लगाउने व्यवस्था गरिएपछि पछिल्लो समय नेपाल सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि समेत लगाउने तयारीअनुुसार हुुम्लामा पनि सो खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुुुख प्रेमबहादुुर सिंहले जानकारी दिए।
यो उमेर समूहका बालबालिकालाई लगाइने कोभिड १९ विरुद्धको खोप विश्व संगठनको मान्यताप्राप्त भएकाले नेपालको औषधि व्यवस्था विभागले समेत अनुमति दिएको थियो।
यो खोप जर्मन बायोटेक्नोलोजी अमेरिकन कम्पनीको सहकार्यमा विकास गरिएको हो। यो खोप झोलको रुपमा भायलमा उपलब्ध हुन्छ।
यो खोपको झोलको रंग सामान्य अवस्थामा सेतो वा हल्का धमिलो सेतो हुन्छ। झोलको रुपमा उपलब्ध भए पनि यो खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ।
यो खोपको घोलक ०.९% सोडियम क्लोराइड हो र खोपसँगै घोलक उपलब्ध गराइएको हुन्छ। यो खोपको प्रभावकारिता ९१% सम्म रहेको अध्ययनले देखाएको सञ्चारकर्मीलाई जानकारी गराइएको थियो।
पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई मात्र यो खोप दिन मिल्ने उनले बताए। हुुम्लामा पाँच हजार दुुई जना यो उमेर समूहका बालबालिका छन्। कार्यक्रमको आयोजना स्वास्थ्यका लागि सक्षम प्रणालीले गरेको थियो।






प्रतिक्रिया दिनुहोस्