५ दिने निशुल्क प्राथमिक उपचार तथा वाटर रेस्क्यु तालिमको शूभारम्भ

बाँके । नेपालगन्जमा ५ दिने निशुल्क आकस्मिक प्राथमिक उपचार तथा वाटर रेस्क्यु तालिम सुभारम्भ भएको छ योगदान राष्ट्रको लागि , लुम्बिनि प्रदेशको मुख्य आयोजना तथा योगदान रास्ट्रको लागि बाँके जिल्लाको विशेष सहकार्य बिपद को बेला प्राथामिक उपचारले धेरै ज्यान बचाउन सकिने भएको ले तालिमको आयोजना गरेको हो ।

संस्थाले नेपालको विभिन्न जिल्लामा आकस्मिक प्रथमिक उपचार तालिम सन्चालन गरेको र हालसम्म करिब एक हजार भन्दा बढि लाई निशुल्क तालिम प्रदान गरि सकेको केन्द्रिय उपाध्यक्ष राहुल कौशलले बताएका छन ।

frontline

बाढी पहिरो भुकम्प र सडक दुर्घटना जस्तो जोखिमको बेला अपनाउनु पर्ने साबधानिका १६ वटा बिषयहरु तालिममा समाबेश रहेको छ । जोखिमका बेला आफू र अरुलाई कसरी बचाउने र पुर्व तयारी कसरि गर्ने र विपदलाई कसरी व्यवस्थापन गर्न सकिने भन्ने बिषयको जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाका बाँके जिल्लाको कार्यबाहक अध्यक्ष सागर सिंह ठकुरीले जनाएका छ्न ।

कार्यक्रमको प्रमुख अथितिमा बाँकेका सहायक जिल्ला अधिकारी शंकर बिष्ट , विशेष अतिथिमा गैरसरकारी संस्था महासंघ नेपालगन्ज शाखा अध्यक्ष नमस्कर शाहा , सामुदायिक प्रहरी बाँकेका अध्यक्ष दिपेन्द्र जोशि , वरिष्ठ चिकित्सक फिजिसियन डा.प्रकाश नाग, संस्थाका पुर्ब सुदुरपश्चिम् प्रदेश संयोजक कृष्ण बटाला , मोरङ जिल्ला अध्यक्ष सम्योग ढकाल, नवलपरासी अध्यक्ष ज्ञानेश्वर सहानि लागायतको उपस्थित रहेको थियो ।

वरिष्ठ समाजसेबि एवं संस्थाका केन्द्रीय अध्यक्ष ओम प्र.उप्रेती मुख्य प्रशिक्षक रहनु भएको तालिममा तराईमा हुने बाढि डुबान कटान ,सर्पको टोकाई ,हृदयघात हुदाको समयमा तत्काल अपनाउनु पर्ने आकस्मिक प्राथमिक उपचारले बारेमा प्रशिक्षण गराएका थिए ।

कार्यक्रम मा स्थानिय तहका प्रतिनिधि , विभिन्न सुरक्षा निकायका व्यक्ती , उद्योगि व्यापारी स्वास्थ क्षेत्रमा कार्यरत स्वास्थकर्मी लगायत विभिन्न स्कुल कलेजका विद्यार्थीहरुको सकृय सहभागिता रहेको थियो ।

यो प्रदेश स्तरीय तालिम सुदुरपस्चिम प्रदेशबाट सुरु भइ कर्णाली प्रदेश हुदै तेस्रो चरणमा लुम्बिनी प्रदेशको बाँके जिल्लामा शुभारम्भ भएको बाँके जिल्ला सचिव मिम ब. सिंह ठकुरीले जनाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here