५ दिनदेखि भैरहवा–भूमही सडकखण्ड बन्द

२० पुस, परासी ।  डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि पश्चिम नवलपरासीको भैरहवा–भूमही सडकखण्ड बन्द गराउँदै आएका छन् ।

छोटो दूरीका पूर्वपश्चिम भएर चल्ने सवारीसाधनहरु सो सडक खण्ड हुँदै आवतजावत गर्ने गरेका छन् । 

frontline

परासी सदरमुकामको कसियास्थित प्रहरी बिट अगाडि बसेर उनीहरुले सडक बन्द गराउँदै आएका छन् ।

प्रहरीले बन्द स्थानदेखि आधा किलोमिटरको दूरीमा बसेर सवारीसाधनलाई रोकेर राखेको छ ।  

१५/२० जनाको समूहमा रहेका जनमत पार्टीका कार्यकर्ताहरुले दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गराउँदै आएका छन् ।

जसका कारण सो सडक खण्डमा चल्ने सवारीसाधन ८ घण्टासम्म सडकमै रोकिन बाध्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here