५२ संवैधानिक पदाधिकारीविरुद्ध आज फेरि सुनुवाइ

६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले २१ फागुनको सुनुवाइका दिन आजको मिति तोकेर मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । आज अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरुले नै निरन्तर बहस गर्नेछन् ।




प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले २०७७ पुस र २०७८ असारमा ३२ र २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशको भरमा संवैधानिक परिषद्को बैठक डाकिएको, संसदीय सुनुवाइविना उनीहरुको नियुक्ति भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल, डा. मनोज शर्मा, नहकुल सुवेदीको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा सुनुवाइ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्