४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान

काठमाडौँ । नेपाल प्रहरीका ४८ जना डीएसपीहरुको सरुवा तथा दरबन्दी मिलान गरिएको छ । प्रहरी वृत्त सिंहदरबारबाट केही समयअघि काज सरुवा भएका चक्रबहादुर शाहलाई जिल्ला प्रहरी कार्यालय दाङमा दरबन्दी मिलान गरिएको छ ।

नेपाल प्रहरी अनाश्रित गुल्म सुन्धारामा कार्यरत जीवन निरौलालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा सरुवा गरिएको छ । डीएसपी जेसी शाहलाई पूर्वी नवलपरासीबाट अनश्रित गुल्म सुन्धारा मा ल्याइएको छ ।

frontline

यसअघि इप्रका बुटवलका इन्चार्ज विजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय बारा, पश्चिम रुकुममा प्रमेश विष्ट, इलाका प्रहरी कार्यालय कावासोतीमा राजेशराज पुरी र लीलाराज लामिछानेलाई तेह्रथुममा सरुवा गरिएको छ । हुम्लामा शङ्कर पोखरेललाई सरुवा गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुरज कार्कीलाई सरुवा गरिएको छ । यसअघि काज सरुवा भएका सहित ४८ जना डीएसपीहरुको दरबन्दी मिलान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

1
2
3
4
5

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here