४५/५० हजार लुटपाट गर्ने उद्धेश्यले ९० वर्षीया वृद्धाको हत्या गर्ने युवक पक्राउ
१ पुस, काठमाडौं । काठमाडौंको तारकेश्वर ६ पुशलकी ९० वर्षीया एक वृद्धाको हत्या गरेको आरोपमा सोही ठाउँका एक युवक पक्राउ परेका छन् ।
९० वर्षकी डिल्ली पुतारको हत्या गरेर फरार रहेका ३९ वर्षीय नरेन्द्र शिवभक्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत मंसिर २० गते नरेन्द्रले डिल्लीको जंगलमा ढुंगाले गर्धनमा प्रहार गरी हत्या गरेर फरार भएका थिए । प्रहरीका अनुसार नरेन्द्रले चिसापानी चप्पल कारखानाबाट राहत सामग्री बोकेर सँगै पुशलतर्फ लागेकी डिल्लीको पारीवनपाखा सामुदायिक वनको खोल्सामा हत्या गरी शव लुकाएर फरार भएका थिए ।
नरेन्द्रले वृद्धासँग भएको ४५/५० हजार रुपैयाँ लुटपाट गर्ने उद्धेश्यले उनको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्