४५ विद्यालयलाई अनुदान रुकुम पश्चिम
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सरकारले रुकुम पश्चिमका ४५ विद्यालयसहित देशभरका ७ हजार बढी विद्यालयलाई अनुदान उपलब्ध गराएको छ । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका ४५ वटा विद्यालय रास्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका हुन् ।
मुसिकोट नगरपालिकाका १३ , चौरजहारी नगरपालिकामा ३, आठबिसकोट नगरपालिकामा १० , बाँफिकोट गाउँपालिका २ , सानीभेरी गाउँपालिकाका ८ र त्रिबेणी गाउँपालिकाका ९ गरि ६ वटै स्थानीय तहमा ४५ वटा विद्यालय छनौटमा परेका छन्
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ७ हजार २ सय ७८ विद्यालय छनोट गरेको हो ।
शिक्षा तथा मानव स्रोत केन्द्रका अनुसार उक्त कार्यक्रम अन्तर्गत भवन निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ्ग, भवन रेट्रोफिटिङ्ग ,शौचालय निर्माण, छात्रा शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामाग्री÷शैक्षिक सामाग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, पुस्तकालय विकास लाई शैक्षिक सामाग्री अन्तरगतस सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामाग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधि लगायत प्राथमिकताको आधारमा बजेट विनीयोजन गरि अनुदान दिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्