४२ रेष्टुरेन्ट तथा होटलको अनुगमन गरिएकोमा ३२ होटलले पाए हरियो स्टिकर

२९ मंसिर, काठमाडौं । होटल तथा रेष्टुरेन्ट स्तरीकरण अन्तर्गत ३२ होटलले हरियो स्टिकर पाएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पहिलो चौमासिकमा ४२ रेष्टुरेन्ट तथा होटलको स्तरीकरण गरिएको थियो, जसमध्ये ३२ होटलले हरियो स्टिकर पाएका छन् ।

frontline

‘४२ होटलमध्ये २ वटाले तीन तारासहित हरियो स्टिकर, ७ वटाले दुई तारासहित हरियो स्टिकर र २३ वटाले एक तारा अंकित हरियो स्टिकर पाए,’ विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने ।

हरियो स्टिकरले औसतमा सफा, राम्रो र खानामा गुणस्तरीयतालाई जनाउँछ । त्यसमध्ये पनि तीन तारासहितको हरियो स्टिकरलाई अति उत्तम मानिन्छ भने एक तारालाई मध्यमका रुपमा लिइन्छ ।

महर्जनका अनुसार स्तरीकरणमा छानिएका बाँकीमध्ये ७ होटलले पहेँलो स्टिकर पाएका छन् । पहेँलो स्टिकरले होटलको सरसफाई, खानाको गुणस्तरीयता लगायतमा मध्यमस्तरको जनाउाछ ।

३ होटल भने स्तरीकरणमै परेनन् । ती तीन होटल/रेष्टुरेन्टलाई सुधारका लागि निर्देशन दिइएको उनले बताए ।

२०७५ मा होटल रेष्टुरेन्ट स्तरीकरण सम्बन्धी निर्देशिका जारी गरेपछि मुलुकभरका (मुख्यत : राजमार्ग)को होटलमा स्टिकर वितरण गरिादै आएको छ ।

विभागले स्वच्छताका आधारमा स्टार सहितको स्टिकर दिएको महर्जनले बताए । ‘निर्देशिका जारी भएपछि एकरुपता भयो । होटलहरुले पनि सुधार गरिरहेका छन्,’ उनले भने । विभागले गत वर्ष ७ सय ८८ होटल तथा रेष्टुरेन्ट स्तरीकण गरेको थियो ।

जसमध्ये ३१ वटा अत्ति उत्तम ( तीन स्टार सहित हरियो स्टिकर), १ सय १७ वटा होटल उत्तम (दुई स्टार सहित हरियो स्टिकर), ३ सय ३१ वटा सन्तोषजनक (एउटा स्टार सहित हरियो स्टिकर) भेटिएको थियो ।

यस्तै, २ सय ४४ वटा होटल सामान्य (पहेँलो स्टिकर) र ६५ वटा होटललाई सुधार गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here