४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

२४ कात्तिक, विराटनगर । विराटनगर महानगरपालिका-८ को वडा कार्यालयले ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ।

वडा कार्यालयले बिहीबारबाट आफ्नो वडा क्षेत्रभित्रका नागरिकहरुको निःशुल्क मधुमेह र रक्तचाप परीक्षण सुरु गरेको हो। वडाभित्रका नागरिकको घरघरमा गई उक्त सेवा प्रदान गरिने वडा कार्यालयले जनाएको छ। 

frontline

विभिन्न कार्य व्यस्तताका कारण नागरिकले आफ्नो स्वास्थ्यप्रति ध्यान दिन नसकिरहेको अवस्थालाई दृष्टिगत गर्दै अभियानका रूपमा उक्त कार्यक्रमको सुरुवात गरिएको वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलले बताए। उनले आफ्नो कार्यकालभरि उक्त कार्यक्रम सञ्चालनमा रहने जानकारी दिए।

महानगरको सहयोगमा सञ्चालित उक्त कार्यक्रमको बिहीबार पहिलो दिन सय जनाभन्दा बढीको मधुमेह र रक्तचाप परीक्षण गरिएको छ। 

उक्त कार्यक्रमका लागि वडा कार्यालयमार्फत् ११ जना महिला स्वास्थ्य स्वयंमसेविकासमेत परिचालन गरिएको छ। उक्त शिविरका लागि वडा कार्यालयले न्युरो अस्पतालको सहकार्यमा पनि प्रत्येक महिनाको अन्तिम हप्ता बिहान ७ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ।

वडा नं. ८ मा भने ४३ सय बढी घरपरिवारको बसोबास रहेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here