४० भन्दा बढी सह-सचिवहरूको सरुवा हुँदै

८ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ४० भन्दा बढी सह-सचिवहरूको सरुवा गर्दैछ । 

उप-सचिवबाट बढुवा भएका १८ जना सह-सचिवको पदस्थापनसहित २२ भन्दा बढी पुराना सह-सचिवको सरुवा हुने भएको हो ।

frontline

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले त्यसको पुष्टि गरेका छन् ।

‘आज साँझसम्म ४० जना भन्दा बढी सह-सचिवहरूको सरुवा हुँदैछ,’ प्रवक्ता अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here