३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

२४ पुस, काठमाडौं । नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ।

frontline

यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ।  एलपी ग्यासको भाउ भने यथावत छ। 

निगमले आज राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको हो। यसअघि पेट्रोलको भाउ १७८ र  डिजेल तथा मट्टितेलको भाउ १७५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here