३ जना सवार स्कुटर ट्रकमा ठोक्किदा चालकको मृत्यु, २ जना गम्भीर घाइते

१ असार, मोरङ । ३ जना सवार स्कुटर ट्रकमा ठोक्किदा चालकको मृत्यु भएको छ । पछाडि सवार २ जना गम्भीर घाइते भएका छन् ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारीको बेतनामा गएराति दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक २६ वर्षीय विक्रम राई छन् ।




राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो । पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते भएका हुन् ।
दुवैको नोबेलमै उपचार भइरहेको छ । ट्रक र चालक अविनाशकुमार खवासलाई दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन मापसे गरेर तीव्र गतिमा स्कुटर चलाएका कारण ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्