३ करोडको लागतमा बन्ने विद्यालय भवनको शिलान्यास थाहा नगर

 मकवानपुरको थाहा नगर-६ मा रहेको बज्रबाराही माविको निर्माणाधीन ११ कोठे भवनको शिलान्याश गरेको छ । आज एक समारोह बिच थाहा नगर पालिकाका प्रमुख लवशेर बिष्टले  शिलान्यास गर्नु भएको हो ।

 आपतकालिन विद्यालय पुनर्निर्माण आयोजना अन्तर्गत जाइकाको कुल ३ करोड १० लाख ८७ हजार १ सय ८७ रुपैयाँमा सहयोगमा निर्माण हुन लागेको भवन सुबिधा सम्पन्न हुनेछ ।

frontline

शर्मा ए एम जेभि काठमाडौले ठेक्का पाएको सो भवन २०७९ श्रावण मसान्तसम्म निर्माण सम्पन्न हुनेछ । कार्यक्रम जिल्ला आयोजना कार्यन्वयन ईकाई शिक्षा मकवानपुरका प्रमुख  बद्री बहादुर पाठकको विषेश आतिथ्यतामा भएको  हो।
शिलान्यास  समारोहमा विद्यालयका प्रधानाध्यापक रमेश मान डंगोलले स्वागत गर्नु भएको थियो भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष  इश्वर लाल रुम्बाको सभाध्यक्षतामा भएको थियो । सो कार्यक्रम शिक्षक निराजन गोपालिको सन्चालनमा भएको कार्यक्रममा थाहा- ६ का अध्यक्ष  शशिधर सुवेदी लगायत विभिन्न संघ  संस्थाहरुका प्रमुखहरु ,अभिभावकहरुको उपस्थिति  रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here