३५ दिनपछि भेटियो किशोरको शव सेप्टी ट्यांकीमा

११ पुस, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया टोल निवासी श्रीमान् पासवानको १४ वर्षीय छोरा नीरजकुमार पासवानको शव भेटिएको छ।

आइतबार राति पासवानको शव सोही वडामा रहेको सेप्टी ट्यांकीबाट हत्या गरिएको अवस्थामा भेटिएको हो।

frontline

मंसिर ५ गतेबाट हराइरहेको किशोर पासवानको खोजी गर्दा पनि हालसम्म कुनै अत्तोपत्तो लाग्न सकेको थिएन। त्यसको भोलिपल्टै उनका आमाबुवाले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। गुरूकुल पन्ना इंग्लिस स्कुलको पुरानो भवन अगाडिको सेप्टी ट्यांकीमा आइतबार साँझ नीरजको शव भेटिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

घाँटी र खुट्टा बाँधेर डल्लो बनाएर शव सेप्टी ट्यांकीको रिङभित्र छिराइएको अवस्थामा नीरजको शव थियो।

लामो समयसम्म नीरजको अत्तोपत्तो नलागेको अवस्थामा पुस १ गते उनका बुवा श्रीमान् पासवानको मोबाइलमा ५० लाख फिरौतीको लागि फोन आएको थियो।

सोही क्रममा फिरौती लिएर भाग्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेर सोधपुछ गर्दा उनीहरूको बयानको आधारमा नीरजको शव सेफ्टी ट्यांकीबाट प्रहरीले फेला पारेको हो।

अपहरणकारीले ५० लाख फिरौती मागेर अभिभावकलाई फोन गरेको तथा फिरौती नदिएकाले हत्या गरेको पनि हुन सक्ने भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बताए।

प्रहरीले पक्राउ परेकाहरूको नाम भने खुलाएको छैन। घटनामा नीरज पढ्ने विद्यालय वीरगञ्ज महानगरपालिका–१७ अलौंमा रहेको गुरुकूल पारा मेमोरियल स्कुलका शिक्षकहरूको संलग्नता रहेको नीरजका परिवारजनले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here