३३ किलो सुन तस्करी प्रकरणका फरार प्रतिवादी पक्राउ

 २० मंसिर, काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका एक प्रतिवादीलाई आइतबार पक्राउ गरिएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

frontline

झापा साविक शिवगंज गाविस–१ ठेगाना भएका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा इन्टरपोलको टोलीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङलेअग्रवाललाई २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरि पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।

आइतबार पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here