३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित अर्जेन्टिना

६ मंसिर, दोहा । पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको छ। 

लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए।

frontline

सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खायो। दास्रो हाफमा आक्रामक शैलीमा मैदानमा उत्रिएको साउदीका लागि लागि ४८औं मिनेटमा सले अलशेहेरीले बराबरी गोल फर्काएका थिए।

त्यसको पाँच मिनेट नबित्दै सलिम अलदावसरीले गरेको गोलसँगै मध्यपूर्वी मुलुकले २–१ को अग्रता बनाएको थियो।

सोही अग्रताको सहज बचाउ गर्दै साउदी अरबले ऐतिहासिक जित हासिल गर्यो। अर्जेन्टिना २८ वर्षअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा क्यामरुनसँग पहिलो खेलमै पराजति भएको थियो।

साउदी अरबले भने हालसम्म विश्वकपमा सबैभन्दा ठूला टिमविरुद्ध जित हासिल गरेको छ। यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको समूह चरणमै युरोपेली प्रतिद्वन्द्वी बेल्जियमलाई १–० गोलको नतिजामा पराजित गरेको थियो।

अर्जेन्टिना पहिलो हाफमा गरेका तीन गोल अफसाइडका कारण रद्द हुँदा दुर्भाग्यशाली साबित भयो। अर्जेन्टिनाले साउदीको पोस्टमा गरेका १५ मध्ये ६ वटा प्रहार फ्रेममा परेका थिए।

यद्यपि, दोस्रो हाफमा सन्तुलित डिफेन्सको उत्कृष्ट नमुना देखाएको साउदीले कुनै पनि प्रयास सफल हुन दिएन।

प्रशिक्षक रेनार्डको सफलता 
फ्रेन्च प्रशिक्षक हर्भ रेनार्डसँग अविश्वसनीय नतिजा निकालेको अनुभव छ। 

रेनार्डले सन् २०१२ मा जाम्बियालाई अफ्रिका कप अफ नेसन्स च्याम्पियन बनाएर तहल्का मच्चाएका थिए। त्यति मात्रै होइन, सन् २०१५ मा आइभरी कोस्टलाई पनि अफ्रिकी च्याम्पियन बनाएका रेनार्ड दुई टिमबाट अफ्रिका कप अफ नेसन्स जित्ने पहिलो प्रशिक्षक बनेका थिए।

सन् २०१८ मा मोरक्कोको नेतृत्व गरेका रेनार्डले फेरि एकपटक जादुमयी नतिजाको अपेक्षासहित साउदीको प्रशिक्षण सम्हालेका हुन्।

‘हामीसामु कठिन खेल छन्। तर, प्रशिक्षक र खेलाडीले विश्वकपमा छनोट हुने सपना राख्नु भनेको उत्कृष्ट टिम सामू आफूलाई उभ्याउनु हो’, रेनार्डले खेल अघि भनेका थिए, ‘बलिया टिमहरू विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रिन्छन् र निरास हुन्छन्। साना टिम अप्रत्यासित नतिजामा निर्भर हुन्छन् र हुनुपर्छ पनि।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here