३१औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

३ जेठ, काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

गएको वर्ष शेर्पाले २९ र ३० औं पटक आरोहण पूरा गरेका थिए । मंगलबार पनि सगरमाथाको शिखरमा पुगेर उनले ३१ औंपटक आरोहण गरेको विश्व कीर्तिमान कायम गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

frontline

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी शेर्पा गाइडको रुपमा कार्यरत छन् ।

कामिरिता शेर्पा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here