२,९३६ कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

frontline

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७७५ जना निको भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये ९ हजार ५०६ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् ।

यस्तै २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here