२७ वाणिज्य बैंकहरुको वित्तीय विवरण प्रकाशित (सूचीसहित)

मंगलवार, काठमाण्डु । २७ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७\७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । यसपटक खुद नाफा आर्जनमा सबैभन्दा अगाडी नवील बैंक नै देखिएको छ ।

राष्ट्रबैंकले ल्याएको नयां नीति र कोभिडका कारण बैंकहरुको नाफा र लाभांश क्षमतामा प्रभाव पर्ने देखिएको छ ।

frontline

गत वर्ष सवैभन्दा बढी नविल बैंकले नै बोनश सेयर दिएको थियो । यसपटक पनि नविलले ३१ प्रतिशतसम्म वोनश दिन सक्ने देखिएको छ ।

त्यसैगरी नेपाल बैंकसंग पनि ३१.९ प्रतिशत लाभांश दिने क्षमता रहेको छ ।

नवील बैंकले ४ अर्ब ५० करोड नाफा कमाउन सफल भएको छ । दोस्रोमा भने खूद नाफातर्फ ४ अर्ब १२ करोड आर्जन गरी ग्लोबल आइएमई बैंक रहेको छ । तर, ग्लोबलको लाभांश क्षमता भने १२.७६ प्रतिशत मात्र छ ।

राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ७९ करोड नाफा कमाउंदै तेश्रो बढी नाफा कमाउने बैंक बनेको छ । यो बैंकको लाभांश क्षमता भने सबैभन्दा उच्च ४४.४० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा खूद नाफातर्फ नेपाल बंगलादेश बैंक, कुमारी बैंक र प्रभू बैंकले राम्रो प्रगति गरेका छन् । नेपाल एसबीआई बैंकको यस वर्ष नाफा सबैभन्दा बढी घटेको छ । एसबीआई बैंकको करिब ३८ प्रतिशतले नाफा घटेको हो । त्यसैगरी सबैभन्दा कम इपीएस सिभिल र सेञ्चुरी बैंकको रहेको छ ।

यस्तो छ विश्तृत विवरण-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here