२४ लाख खोप हिनामिना भएको भन्दै अख्तियारमा मुद्दा

 १९ माघ, काठमाडौं । नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालले कोरोनाविरुद्धको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा निवेदन दर्ता गरेको छ ।

कोरोनाविरुद्धको खोपमा भएको भ्रष्टाचारमा संलग्न भएको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्ति उपर छानविन गरी कारवाही गर्न युवा संघले अख्तियारमा निवेदन दर्ता गराएको हो ।

frontline

खतिवडा मन्त्री नियुक्त भएपछि २४ लाख डोज खोप हिनामिना गरी राज्यको २ अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अनुसन्धान गरि कारवाही गर्न निवदेन दर्ता गरिएको युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

खोप हिनामिना कार्यमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानविन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरिएको उनले बताए ।

युवा संघले कोरोना महामारीबाट जोगाउका लािग केपी ओली नेतृत्वको सरकारले निःशूल्क खोप अभियान सञ्चालन गरेपनि वर्तमान सरकारले भने खोपको चरम दूरुपयोग गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here