२४ लाख कोरोनाको खोप हराएको विषयमा तयार पारिएको छानविन प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो
३ फागुन, काठमाडौं । कोभिड १९ संक्रमणविरुद्धको २४ लाख मात्रा खोप हराएको भन्ने विषयमा तयार पारिएको छानविन प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई बुझाइएको छ ।
मन्त्रालयका १२औं तहका विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा गठित छानविन समितिले तयार पारेको प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडालाई बुझाएको हो ।
खोपको संख्या र बजारमा उठेका प्रश्नका विषयमा सत्य तथ्य छानविन गर्न स्वास्थ्य मन्त्रालयले तीन साताअघि डा लोहनीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
प्रतिवेदन केही दिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।
खोप हराएको भन्दै चौतर्फी प्रश्न उठेको थियो भने एमाले निकट युवा संघले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
मन्त्री खतिवडाले भने खोप हिनामिना नभएको र तथ्यांक संकलनमा तलमाथि भएको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्