२४ घन्टामा ३५१ संक्रमित,९ को मृत्यु

७ मंसिर, काठमाडौं । नेपालमा थप ३५१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १० हजार १७४ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७२९ पीसीआर परीक्षण गर्दा ३१३ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पोजिटिभ देखिएको थियो।

frontline

त्यस्तै पछिल्लो २४ घन्टामा थप २ सय ७३ जना कोरोनामुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ८ लाख ८९० रहेको छ।

मन्त्रालयका अनुसार थप ९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या भने ७ हजार ३०० रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here