२४ घण्टामा ९४४ संक्रमित, २९७ जना संक्रमणमुक्त

२४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ललितपुरमा ९४, भक्तपुरमा २५, कञ्चजनपुरमा ५१, कास्कीमा २०, मकवानपुरमा १३, कैलाली र पर्सामा १०/१० जना, दाङमा ९ जना, बाँकेमा ८ जना, रुपन्देही, चितवन र सुनसरीमा ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here