२४ घण्टामा ७४ संक्रमित, १६० जना निको

४ असोज, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

frontline

मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार १९६ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ६१९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८५ हजार ७२० पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here