२४ घण्टामा ६७९ सङ्क्रमित, ७ को मत्यु

काठमाडौँ, १७ असोज (रासस) : पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ९२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

frontline

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १६ हजार ८०४ जना पुगेको छ । सो अवधिमा एक हजार ४०५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार २२४ छ ।

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको मत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १६४ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर ३३७ सघन उपचारकक्ष, १९४ भेन्टिलेटर, १५ हजार ५३४ होम आइसोलेशन, एक हजार २७० संस्थागत आइसोलेशन र २५२ जना क्वारेन्टिनमा रहेका छन् ।

आज २६ हजार ४१९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९७ हजार १९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा कोरोना देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here