२४ घण्टामा ३८९९ संक्रमित, २० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।
मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ । तीमध्ये ९ हजार ७५८ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका छन् । जसमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६११ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
१० वर्ष मुनिका ७९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै ४७५, कास्कीमा २७८, झापामा २६१, मोरङमा २४९, चितवनमा १९३, सुनसरीमा १८९ र ललितपुरमा १६७ र भक्तपुरमा १३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै मकवानपुरमा ७९, नवलपारसी पूर्वमा ६६, दोलखामा ५५, कैलालीमा ४९, नुवाकोटमा ३९, तनहुँमा ३६, काभ्रेपलाञ्चोकमा ३३ र धनकुटामा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
बागलुङमा २८, पाँचथरमा २३,धादिङ, स्याङजा , रुपन्देही र सुर्खेतमा १९/१९ जना, बर्दियामा १६, रामेछापमा १४, दाङमा १३, गोरखा र बाँकेमा १२/१२ जना, सर्लाही, सिरहा र सिन्धुपाल्चोकमा ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्