२४ घण्टामा ३,६५१ संक्रमित, २२ को मृत्‍यु

सोमबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

frontline

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।

यही अवधिमा थप १७८४ जना सङ्क्रमणमुक्त भएका छन् । कूल संक्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ । 

योसँगै नेपालमा कोभिड–१९ को संक्रमितबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

पछिल्लो एक दिनमा थप १ लाख ४५ हजार ३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here