२४ घण्टामा ३,२७४ संक्रमित, २७ को मृत्‍यु

मंगलबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

frontline

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ, योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन्।

त्यस्तै १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here