२४ घण्टामा ३,१०६ सन्क्रमित, २३ को मृत्यु

, शनिबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार कुल ६ लाख ५४ हजार १ सय ७७ जना कोरोनामुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या भने ३१ हजार ३ सय ५५ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकए छ ।

पछिल्लो समय कोरोना संक्रमण फेरि तिब्र रुपमा फैलिन थालेको बताइएको छ । तेस्रो लहर छिट्टै आउनसक्ने भन्दै सावधानी अपनाउन अधिकारीहरुले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here