२४ घण्टामा २७१ संक्रमित, १ जनाको मृत्यु

१५ भदौ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जनाको नमूना परीक्षण गरिएको थियो ।

frontline

२ हजार ४ सय ८५ जनाको पीसीआर र १ हजार ४ सय ३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here