२४ घण्टामा १,८०१ संक्रमित, २४ को मृत्यु
सोमबार, काठमाडौं । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति संक्रमति थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४४१, कास्कीमा २०८, ललितपुरमा १६७, भक्तपुरमा १०० र सुनसरीमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङमा ९२, चितवनमा ६०, नुवाकोटमा ५५, झापामा ३४, नवलपरासी पुर्वमा ३१, गोरखामा ३०, स्याङजामा २५, रुपन्देहीमा २४, धादिङमा १९, दाङ र लमजुङमा १३/१३ जना र म्याग्दीमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्